२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

भाटभटेनीको सामान बोकेको गाडीबाट २२ लाखको विद्युतीय सिगरेट बरामद

काठमाडौं । भाटभटेनी सुपरमार्केटको सामान ल्याइएको डिब्बाबाट भन्सार जाँचबिनै अवैध रूपमा विद्युतीय सिगरेट फेला परेको छ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेले मङ्गलबार राति खुर्सानीवारी प्रहरी चेकपोस्टमा जाँच गर्ने क्रममा तातोपानी भन्सार हुँदै काठमाडौं जाँदै गरेको ना.६ ख ५४९६ नम्बरको मालवाहक डिब्बाबाट ७४० थान विद्युतीय सिगरेट बरामद गरेको हो।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुमेह पाण्डेका अनुसार ९३ डब्बामा राखिएको सिगरेटको अनुमानित मूल्य २२ लाख २० हजार रुपैयाँ छ। प्रहरीले भोटेकोसी गाउँपालिका–२ का चालक प्रविण खत्रीलाई नियन्त्रणमा लिई डिब्बासहित राजस्व अनुसन्धान कार्यालय, हरिहरभवन पठाउने तयारी गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस