२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

पोखराकी १५ वर्षीया छात्रामाथि काठमाडौंमा बलात्कार, यसरी खुल्यो रहस्य

काठमाडौं । पोखराकी १५ वर्षीया ८ कक्षाकी छात्रा फागुन २७ गते स्कूल जाने भन्दै घरबाट निस्किइन्। दिउँसो शिक्षकले आमालाई फोन गरेर ‘छोरी किन नआएकोरु’ भनेर सोधे। बेलुकासम्म नफर्किएपछि आमा आत्तिइन् र खोज्न थालिन्, तर भेटिनन्।

अर्को दिन थाहा भयो, छोरी काठमाडौं पुगेकी छन्। उनकी जेठी दिदीले शंका गरिन् कि सर्लाहीका २४ वर्षीय शिवशंकर पण्डितले भगाएका हुन्। पण्डितसँग उनको दुई वर्षदेखि फेसबुकमार्फत चिनजान थियो। आमा काठमाडौं पुगिन्। छोरीले भनिन्, पण्डितले ‘सुखमा राख्छु’ भन्दै ललाइफकाइ बलात्कार गरे। आमाले प्रहरीमा उजुरी दिइन्, र पण्डित पक्राउ परे।

किशोरीले बयानमा भनिन्, पण्डितले ‘विवाह गर्छु’ भन्दै काठमाडौं बोलाए। धम्की दिएपछि उनी स्कूल नगई काठमाडौं पुगिन्। पण्डितले उनलाई डेरामा लगे र दोस्रो दिन जबरजस्ती शारीरिक सम्पर्क राखे। प्रहरीले अनुसन्धान थालेको छ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस