काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सम्पर्क गर्न खोजिरहेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रचण्डसँग कुरा गर्न खोजे पनि स्वास्थ्य समस्याले सम्पर्क नभएको जानकारी दिए।
‘बेपत्ता छानबिन र सत्य निरुपण आयोगका पदाधिकारी नियुक्ति छिटो टुंग्याउन सरकार प्रतिबद्ध छ,’ ओलीले भने, ‘मैले पटकपटक प्रयास गर्दा प्रचण्ड स्वास्थ्यका कारण सम्पर्कमा आउन सक्नुभएको छैन।’ उनले प्रचण्डसँग सम्पर्क भएपछि शान्ति प्रक्रियाका काम अघि बढ्ने दाबी गरे।
प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार

