२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

१४ जना १० हजार धरौटीमा रिहा, के हो आरोप?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि लिखित र ट्रायल परीक्षा पास गराउने आश्वासनमा रकम मागेको आरोपमा पक्राउ परेका १४ जना धरौटीमा रिहा भएका छन्। काठमाडौंको गोकणेश्वर–७ स्थित एक ट्रायल सेन्टरमा उनीहरूले विभिन्न आश्वासन दिएर रकम माग्दै हैरानी गरेको प्रहरीले बताएको छ।

सो आरोपमा पक्राउ परेका १४ जना १० हजार धरौटीमा रिहा भएका हुन्। अभद्र व्यवहार कसुरमा अनुसन्धान गरेर जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट धरौटी लिइ उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस