७ चैत्र, काठमाण्डौँ । सिरहामा करिव २५ वर्ष देखि सानो छाप्रोमा बस्दै आएका एजना मलिक परिवारलाई जनप्रतिनिधिहरुले नै उठीवास गराएका छन् ।
पुर्व पश्चिम हुलाकी राजमार्ग अन्र्तगत औरही गाँउपालिका ५ स्थित सडक छेउमा लामो समयदेखि बस्दै आएका दलित मलिक परिवारलाई औरही गाँपा अध्यक्ष शिवजी यादवले नै घर भत्काउन लगाएर विस्थापित गरेका हुन् ।
विगत लामौ समयदेखि सडक किनारमा बस्दै आएका दीपक मलिक डोम बस्ने नयाँ छाप्रो ठडीएको छ । त्यहि छाप्रो पनि दुईवटा कोठामा विभाजन गरिएको छ । यहि चैत १७ गते देखि श्री श्री १०८ श्री विष्णु महायज्ञ आयोजना हुँदैछ ।
महायज्ञ लगाउने ठाँउ नजिकै छाप्रोमा बस्दै आएका अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाको निर्देशनमा पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसिभी लगाएर गत फागुन १० गते भत्काई । आयोजकले मलिकको घर मात्रै भत्काएनन्, अछुतले छोएको माटो भनेर घर रहेको स्थानको समेत दुई फिट माटो खनेर खोलामा फालिएको छ ।
थातथलो भत्काएर मलिक परिवारलाई बिस्थापित गराइए पछि श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीको करिव २ धुर जग्गामा दुई कोठाको टिनले छाएको घर बनाएर राखिएको छ। त्यही घरमा उनका दुई छोरा, दुई छोरी, एक बुहारी र दीपक श्रीमान श्रीमतीसहित सातजनाको परिवार बस्दै आएको थियो।

