२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

परियोजना खारेज गर्न माग गर्दै पाथीभरा केबलकार विरुद्ध सर्वोच्चमा रिट

७ चैत्र, काठमाडौँ । पाथिभरा मुक्कुमलुङ सम्पदाको संरक्षण गर्न र केवलकार परियोजना खारेज गर्न माग गर्दै आन्दोलन पक्षधर फुङलिङ निवासी नबराज गुरुङ लगायत ८ जनाले सर्वोच्च आदालतमा रिट दायर गरेका छन् । रिटमा पाथिभरा देवी दर्शन केवलकार प्रा।लि। र नेपाल सरकार समेत १४ जनालाई प्रतिवादी बनाइएको छ ।

मन्त्रिपरिषदले ०७५ चैत्र १८ गते निर्णय गरेर पाथिभराको धाममा रहेको वनको जग्गा प्रदान गरेर केबलकार बनाउने कार्यले लिम्बु समुदाय, हिन्दु र बौद्ध धर्माबलम्बी लगायत सम्पर्ण नेपालीहरुले एक आध्यत्मिक शक्तिको स्रोतको रुपमा मान्दै आएको विश्वास र आस्थामा असर पर्ने भएकाले केवलकार खारेजीको माग रिटमा गरिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस