२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

काठमाडौं आउँदै गरेका २ जना नागढुङ्गाबाट रंगेहात पक्राउ

6 people including inspector arrested from examination center in Rautahat

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिराहा जिल्ला, औरही गाउँपालिका–२ बस्ने २३ वर्षीय सितेस कुमार महतो र २० वर्षीय बिष्णु कुमार कामत रहेका छन्।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले सिराहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख २५०८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस