२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

काठमाडौं तारकेश्वरबाट धरानका सुरेन समातिए

काठमाडौं। तारकेश्वर नगरपालिका–४, शेषमती सानोपुल एरियाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेटसहित २० वर्षीय सुरेन स्याङ्तानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

सुरेन स्याङ्तान सुनसरी, धरान उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौं, बानियाटार बस्ने व्यक्ति हुन्। प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस