७ चैत्र , काठमाडौँ । रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा दिएको निवेदन उपर आज सुनुवाइ नभएपछि रास्वपा सभापति रवि लामिछाने काठमाडौं फर्किएका छन् ।
सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी र उच्च सरकारी वकिलको कार्यालय बुटवलले जिल्ला दालतको आदेशविरुद्ध दिएको छुट्टाछुट्टै निवदनमा एकैपटक सुनुवाइ हुने गरी बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पेसी तोकिएको थियो ।
मुद्दा सुनुवाइका लागि लामिछाने कानून व्यवसायी र सचिवालय सदस्य लिएर बुधबार नै रुपन्देही पुगेका थिए । गोला प्रथाबाट न्यायाधीशद्वय जगतबहादुर थापा र सागर विष्टको इजलासमा सुनुवाइ समेत तोकिएको थियो । तर मिसिल अध्ययन गरेपछि न्यायाधीश थापाले सुप्रिम सहकारीसम्बन्धी जिल्लाबाट आएको सोही प्रकृतिको मुद्दा यसअघि पनि हेरेकाले लामिछानेसहितको मुद्दा आफूले हेर्न नमिल्ने बताएपछि सुनुवाइ हुन नसकेको हो ।

