२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

पक्षाघातको औषधि पनि अब निःशुल्क !

७ चैत्र, काठमाडौँ । नेपालमा पक्षाघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क रूपमा अस्पतालमा पठाउने प्रक्रिया सुरु भएको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा सहयोगी संस्थाबाट प्राप्त भएको औषधि अस्पतालमा पठाउन हस्तान्तरण गरिएको हो ।

मन्त्री पौडेलले समयमै उपचार पाए ज्यान जोगाउन सकिने भए पनि आर्थिक अभावमा कतिपय नागरिकको मृत्यु भएकाले महँगो औषधि सहयोग प्राप्त गरेर अस्पतालमा पठाउन लागिएको जानकारी दिए । उनले न्युरोलोजीका वरिष्ठ चिकित्सक भएका तीन स्थानमार्फत औषधि उपलब्ध गराउन थालिएको भन्दै नेपालको आवश्यकताका आधारमा थप प्राप्त गरेर उपलब्ध गराउँदै जाने जानकारी दिए ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा भरतपुर अस्पतालमार्फत औषधि उपलब्ध गराइने मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख डा पवनजंग रायमाझीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस