२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

इजरायली आक्रमणपछि हमासको जवाफ, तेल अवीवमा मिसाइल प्रहार

काठमाडौं । इजरायलले गाजामा पुनः सैन्य आक्रमण सुरु गरेपछि हमासले इजरायलको तेल अभिभमा तीनवटा रकेट प्रहार गरेको जनाएको छ। यो हमासको पहिलो प्रतिकारात्मक आक्रमण भएको बताइएको छ।

इजरायलले ती तीनमध्ये एउटा क्षेप्यास्त्रलाई रोक्न सफल भएको दाबी गरे पनि बाँकी क्षेप्यास्त्रहरू बस्ती क्षेत्रमा खसेको जनाएको छ।

मङ्गलबारदेखि पुनः युद्ध सुरु भएपछि कम्तीमा ५९१ जनाको मृत्यु भएको छ, जसमा २०० भन्दा बढी बालबालिका रहेको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायली रक्षा बल (आईडीएफ) ले बिहीबार गाजामा भूमिगत कारबाही सुरु गरेको जानकारी दिएको छ।

जनवरीमा इजरायल र हमासबीच युद्धविराम भएपछि केही राहत महसुस गरिएको थियो, तर पछिल्ला आक्रमणले पुनः तनाव बढाएको देखिएको छ।

इजरायलले हमासले अझै ५९ जनालाई बन्धक बनाइरहेको दाबी गर्दै जसमध्ये २४ जना जीवित रहेको बताएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस