२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

राजतन्त्र फर्किने संकेत : पूर्वराजा गोरखपुर मन्दिरमा के गर्दैछन्?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गोरखपुर मन्दिरमा शनिबार पूजाअर्चना गरेका छन्।

बिहान १० बजे गोरखा दरबारस्थित गोरखनाथ मन्दिर पुगेका शाहलाई मन्दिरका पूजारीहरूले स्वागत गरेका थिए। उनले करिब दुई घण्टा गोरखनाथ र गोरखकाली मन्दिरमा पूजा गरे।

गोरखनाथलाई शाहवंशीय राजाहरूसँग विशेष सम्बन्ध राख्ने मानिन्छ। इतिहासअनुसार, गोरखनाथको आशीर्वादकै कारण द्रव्य शाहले लिगलिगकोट जितेका थिए भने पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणमा सफलता मिलेको उल्लेख गरिन्छ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस