२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

इजरायलद्वारा दक्षिणी लेबनानमा दर्जनौं हवाई आक्रमण, गाजामा ६३४ जनाको मृत्यु

Rocket attack on Gaza hospital 500 dead

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा रकेट आक्रमणको जवाफमा दर्जनौं आतंकवादी लक्ष्यहरूविरुद्ध हवाई आक्रमणको आदेश दिएका छन्।

इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका आतंकवादी लक्ष्यहरूमा आक्रमण गरिरहेको जानकारी दिएको छ। सेनाका प्रवक्ता अविकाइ अद्राईले भने, ‘आक्रमण जारी राख्नेछौं।’

उत्तरी इजरायलतर्फ प्रहार गरिएका पाँच रकेटहरूको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन, र कुनै क्षति वा हताहतको रिपोर्ट आएको छैन।

इजरायली सेनाले आक्रमणको कडा जवाफ दिने वाचा गरेको छ।

मंगलबारदेखि सुरू भएको गाजामा इजरायली सेनाको पुनः आक्रमणका कारण ६३४ जनाको मृत्यु भएको छ भने १,१७२ जना घाइते भएका छन्। गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, मृतकको संख्या ४८ घण्टामा १३० थपिएको छ।

अक्टोबर ७, २०२३ देखि गाजामा कुल ४९,७४७ जनाको मृत्यु र १,१३,२१३ जनाको घाइते भएको रिपोर्ट गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस