२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

काठमाडौं कालिकास्थानबाट एक महिला पक्राउ, आरोप के छ ?

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी ४७ वर्षीया लैला कुमारी गहतराजलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ। उनी सिन्धुपाल्चोक बलेफी गाउँपालिका-७ की निवासी र काठमाडौं महानगरपालिका-२९ कालिकास्थानमा बस्दै आएकी छन्।

जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुरको मुद्दामा पक्राउ पुर्जी जारी भएपनि फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२९ कालिकास्थानबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस