२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

today gold price in nepal

१० चैत्र , काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो । सुनचाँदीको मूल्य घट्नुको कारण सामान्यतया बजारमा आपूर्ति र मागको असंतुलन, अन्तर्राष्ट्रिय बजारको असर, मुद्रा सट्टा व्यापारको उतारचढाव र अन्य आर्थिक कारणहरू हुन् ।

 

प्रकाशित मिति : २०८१ चैत्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस