२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

सम्पर्कविहीन १६ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

१० चैत्र , काठमाण्डौँ । आफूखुसी गैर हाजिर भएका १६ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आइतबार एक सूचना जारी गर्दै सम्पर्कविहीन रहेका १६ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।

गैर हाजिर भएका प्रहरीहरूको नाम ठेगानासहित सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिनुका साथै सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने र कारबाही हुने नेपाल प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस