काठमाडौं । वैदेशिक रोजगारको प्रमुख गन्तव्य रहेको मलेसियाले अध्यागमन कानुन उल्लंघन गरेका २६ नेपालीलाई निष्कासन गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार गत साता मालिन्दो एयरलायन्सको विमानबाट उनीहरूलाई नेपाल फर्काइएको हो। डीपोर्ट हुनेमा सरदार, साह, राउत, श्रेष्ठ, कार्की, विक, सुडी, सहनी, बटार, राई, शेर्पा, केसी, घर्तीमगर, लोहार, थारु, राना मगर, तामाङ, सदा, यादव, विश्वकर्मा, बुढा लगायतका थरका व्यक्तिहरू छन्।
मलेसियाको अध्यागमनले यसअघि पनि ८ जना नेपालीलाई निष्कासन गरेको थियो। डीपोर्ट हुनेमध्ये केहीको राहदानी नभएको र केही गैरकानुनी रूपमा लुकीछिपी बसेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको
प्रकाशित मिति : २०८१ चैत्र ९ गते आइतवार

