२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

बालेनले कसलाई भने? ‘मलाई हराउने नाममा देश चाहिँ नहराउनु’

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन साहले सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई सामाजिक सञ्जालमार्फत आफ्नो विरोध नगर्न र देशलाई हराउने बाटोमा नलाग्न अनुरोध गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै बालेन साहले अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने र सार्वजनिक सम्पत्ति जोगाउने जस्ता कुराहरू सधैं कुरा मात्रै रहन नदिन आग्रह गरे।

‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पी.एल. सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला,’ उनले लेखेका छन्।

बालेनको स्टाटस यस्तो छ
माननीय सहरी विकास मन्त्री प्रकाशमान सिंह ज्यु,
अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो?
मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पी.एल. सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस