२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

भोलि प्रमुख दलका शिर्ष नेताहरूको महत्वपूर्ण बैठक, एजेण्डा सार्वजनिक

काठमाडौं। सरकारले संक्रमणकालीन न्यायका प्रक्रियालाई पुनः अघि बढाउने तयारी थालेको छ। यसै उद्देश्यले सोमबार प्रमुख राजनीतिक दलका शिर्ष नेताहरू बीच बैठक डाकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार अग्नि खरेलका अनुसार, बैठकको मुख्य एजेन्डा संक्रमणकालीन न्याय प्रक्रियामा भएको अवरोध हटाउनु हो।

पूर्वमहान्यायाधीवक्ता खरेलले भने, ‘सर्च कमिटी गठन भए पनि काम अघि बढ्न सकेन, र यसको म्याद सकिएपछि प्रक्रिया अवरुद्ध भयो।’ सरकारले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका अध्यक्ष र सदस्यहरू छनोट गर्न समिति गठन गरेको थियो, तर समितिको म्याद सकिएपछि प्रक्रिया रोकिएको थियो।

बैठकमा नयाँ समिति गठन र प्रक्रिया अघि बढाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस