२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

‘राजावादीहरु आफैँ सेलाउँछन्, तत्काल शक्ति प्रदर्शन गर्नुपर्दैन’ : कांग्रेस

१० चैत्र , काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन बैठकले संविधानमार्फत नै जनताका आवश्यकता र समस्यालाई सम्बोधन गर्न सकिने निष्कर्ष निकालेको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले जनता नै सार्वभौम भएको निष्कर्ष निकालेको हो ।

सार्वभौम नेपाली जनताद्वारा निर्माण भएको संविधानले नै गणतान्त्रिक राज्य बनाएको हो। जनताद्वारा आएको यस व्यवस्थाप्रति हामी पूर्ण प्रतिवद्ध छौं। संविधानमार्फत नै जनताका आवश्यकता, समस्या र महत्त्वाकांक्षालाई सम्बोधन गर्न सकिन्छ,पार्टी प्रवक्ता रामशरण महतले भने। प्रवक्ता महतले सरकारको काम कारबाहीका विषयमा पनि बैठकमा छलफल भएको बताए। उनले जनताको समस्या समाधान गर्ने गरी सरकारले काम गर्नुपर्ने आवश्यकता बैठकले औंल्याएको बताए।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस