१० चैत्र , काठमाण्डौँ । बजारमा सुकेको प्याजको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो ।
समितिको तथ्यांक अनुसार आइतबार कालीमाटी बजारमा प्याज प्रतिथोक मूल्य ५० देखि ६० रूपैयाँमा कारोबार भइरहेको छ । शनिबारको तुलनामा आइतबार थोरै मूल्य बढेको छ ।
शनिबार प्याज प्रतिथोक मूल्य ४५ देखि ५५ रूपैयाँमा कारोबार भएको समितिको तथ्यांकले देखाएको छ ।
समितिको तथ्यांक हेर्दा शुक्रबार पनि सोही मूल्य कायम थियो । एक महिनादेखि बजारमा प्याजको भाउ घटिरहेकोमा आइतबार भने थोरै बढेको छ ।
प्रकाशित मिति : २०८१ चैत्र ९ गते आइतवार

