काठमाडौं । नौ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका झापा बाह्रदशी गाउँपालिका ६ का ३५ वर्षीय विकास भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ।
शनिबार राति ८ बजे बिर्तामोडको बीएण्डसी अस्पतालमा भट्टराईको निधन भएको हो। १ चैत राति १२स्४५ बजे बाह्रदशी ६ नारायण चोकस्थित भित्रि पक्की सडकखण्डमा चारपानेबाट बिहीबारेतर्फ जाँदै गरेको मे ३ प ६२२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा भट्टराईको टाउकोमा गम्भीर चोट लागेको थियो।
मोटरसाइकल इलाका प्रहरी कार्यालय घैलाडुब्बाको नियन्त्रणमा रहेको छ, र जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुर्घटनाको अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : २०८१ चैत्र ९ गते आइतवार

