काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरूको छलफल शुरु भएको छ।
यस छलफलमा मुख्य विषय संक्रमणकालीन न्यायको प्रक्रिया र त्यसको अवरोधलाई समाधान गर्ने उपायहरूमा छलफल हुने भएको छ, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए।
यस छलफल अघि, अध्यक्ष प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए।
प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार

