२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

प्रधानमन्त्रीको नेतृत्वमा तीन शीर्ष नेताहरुको बैठकमा भयो महत्वपूर्ण सहमति

काठमाडौं। प्रमुख दलका तीन शीर्ष नेताहरूले संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन फेरि सिफारिस समिति गठन गर्नेमा सहमति जनाएका छन्। सोमबार सिंहदरबारमा बसेको शीर्ष नेतृत्वको छलफलले दुई आयोगमा पदाधिकारी सिफारिस गर्न सिफारिस समिति गठन गर्ने प्रक्रिया अघि बढाउन निर्णय गरेको हो।

यसअघि, पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठन गरिएको समिति कुनै पदाधिकारीको नाम सिफारिस गर्न असफल भएको थियो।

प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलका अनुसार, ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि सर्च कमिटी गठन प्रक्रिया अघि बढाउने निर्णय भएको छ।’

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस