काठमाडौं। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोराउन ह्वाट्सएप प्रयोग भएको पुष्टि भएको छ। सुनसरीको इनरुवा स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित परीक्षा चलिरहेको समयमा दुई गार्डलाई रङ्गेहात पक्राउ गरिएको छ।
अनुगमनमा परीक्षा गार्डको मोबाइल जाँच गर्दा ह्वाट्सएप च्याटमा विद्यार्थीका विवरण चिट चोराउन पठाइएको भेटियो। पक्राउ परेका शिक्षक श्रवणकुमार चौधरी र रमानन्द मेहतालाई निष्कासन गरिएको छ।
त्यस्तै, इनरुवा–१ स्थित भगवती मावि परीक्षा केन्द्रबाट तीन निरीक्षकलाई नियन्त्रणमा लिइएको छ। सुनसरी प्रशासनले अनुगमन कडा गर्ने निर्णय लिएको छ र निजी विद्यालयका सञ्चालकद्वारा निरीक्षकलाई प्रलोभन दिनको आरोप छ।
प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार

