२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

अचानक कांग्रेस महामन्त्री थापाले गरे काँध फेर्ने कुरा, एमालेमाथि गम्भीर आरोप

Gagan Thapa apologised, saying it was a serious mistake

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तारुढ दल नेकपा एमालेसँगको समझदारीमा पार्टी शत प्रतिशत प्रतिबद्ध रहेको बताएका छन्।

सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कांग्रेसले माओवादीसँग सहकार्य गरेको बेला पनि एमालेले प्रस्ताव अस्वीकार गरेको र अहिले पनि आफ्नो बोलीमा प्रतिबद्ध रहेको बताए।

उनले भने, ‘एमालेले काँध फेर्न जान्छ, कम्युनिस्ट एकता गर्छ, फेरि मिलौं भनेर जान्छ भने पनि उसको कुरा हो। हामी काँध फेर्न जाँदैनौं । कांग्रेस जे बोल्छ त्यही हो ।’

थापाले माओवादी केन्द्रसँगको गठबन्धनमा हुँदा एमालेले बारम्बार कांग्रेसलाई सरकार छोडेर आफ्नो नेतृत्वमा सरकार बनाउनको लागि प्रस्ताव गरेको पनि जानकारी दिए। उनले भने, ‘कांग्रेसले त्यो प्रस्ताव स्वीकार गरेन।’

उनले थपे, ‘तर, कांग्रेसले विकल्पको बारेमा सोच्दैनौं भनेर भन्यौं। हाम्रो समर्थनमा बहुमतको सरकार थियो।’

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस