काठमाडौं। बुद्ध एयरको सिष्टम ह्याक गरेर अवैध हवाइ टिकट बिक्री गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ रंगेली घर भइ हाल काठमाडौंको तारकेश्वर-९ बस्ने ४५ वर्षीय विकास भारती र गोरखाको अजिरकोट घर भइ हाल तारकेश्वर-४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन्।
प्रहरीका अनुसार, यी दुई व्यक्तिले भारतीय नागरिकको सहयोगमा बुद्ध एयरको सिष्टम ह्याक गरेर १५ दिनदेखि यात्रुहरूको अवैध टिकट काटेर पैसा संकलन गर्दै आएका थिए। उनीहरूले २० जना यात्रुको टिकट काटिसकेको र पैसा नदिएको उजुरी परेपछि आइतबार बत्तीसपुतलीबाट पक्राउ गरिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजी कुमार आचार्यका अनुसार, पक्राउ परेका उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार

