२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

सालिन पोखरेल मृत्यु प्रकरण: अदालतबाट तीन अभियुक्तलाई सफाइ

काठमाडौं। चितवनको रत्ननगर–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलकी छात्रा सालिन पोखरेलको मृत्युसम्बन्धी आत्महत्या दुरुत्साहन मुद्दामा अदालतले सोमबार तीन अभियुक्तलाई सफाइ दिएको छ।

न्यायाधीश ध्रुवकुमार ढकालको इजलासले प्रमाण अपर्याप्त भन्दै विद्यालयका प्रिन्सिपल बालहरी देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमल शर्मा पौडेललाई निर्दोष ठहर गरेको हो।

२०८० फागुन १२ मा १४ वर्षीया सालिन होस्टलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। पोस्टमार्टम रिपोर्टमा यौन दुर्व्यवहार नदेखिएपछि अदालतले अभियोग अस्वीकार गरेको हो।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस