२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

ओली क्याबिनेटका २ मन्त्री, जो कुलमान हट्दा खुःशी भएनन्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयप्रति ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) असन्तुष्ट बनेका छन्।

ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरे पनि तामाङले यो निर्णय गलत भएको बताएका छन्।

स्रोतका अनुसार, घिसिङलाई हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा राख्दा मत बाझिएको थियो। गृहमन्त्री रमेश लेखकले घिसिङलाई हटाउन नहुने बताएका थिए।

तामाङले विगतदेखि नै कुलमानलाई हटाउन नहुने पक्षमा रहे पनि सुनुवाइ नभएको बताएका छन्। साथै, उनले कुलमान अदालत जाने बाटो खुला रहेको भन्दै जनता र अदालतकै हातमा अन्तिम निर्णय हुने बताएका छन्।

मन्त्रिपरिषद्को निर्णयपछि प्रतिक्रिया माग्दा उनले भने, ‘सरकारले निर्णय गरिसक्यो, मेरो के प्रतिक्रिया रह्यो र!’

प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस