२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

सत्ता गठबन्धनको महत्वपूर्ण बैठक, उपेन्द्र यादवले दिए जोडदार झट्का

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको व्यस्तताका कारण र प्रधानमन्त्री केपी शर्मा ओलीको एक घन्टा ढिलाइले सत्ताधारी गठबन्धनको निर्धारित बैठक बस्न सकेन।

मंगलबार अपराह्न बैठकका लागि यादवलाई खबर गरिएको थियो, तर हालको समयसँग उनी गठबन्धनसँग रुष्ट रहेको बताइएको छ। त्यसपछि अनौपचारिक संवाद पछि बुधबार बिहान ११ बजे बैठक बस्ने सहमति भएको छ।

बैठकमा जसपा अध्यक्ष अनुपस्थित भएपछि एजेन्डामा कुनै विषय प्रवेश नगरी बैठक सकिएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन्।

प्रधानमन्त्री ओलीले सोमवारको मन्त्रिपरिषद् बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयपछि सत्ताधारी दलहरूको बैठक बोलाएका थिए।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस