२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

गोठालोहरूले गन्ध महसुस गरेपछि पुगेको प्रहरीले शव भेट्यो

काठमाडौं । सिरहाको गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्थामा एक शव फेला परेको छ। मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले बताए अनुसार, मंगलबार बिहान १० बजेतिर गोठालोहरूले दुर्गन्धको गन्ध महसुस गरेपछि प्रहरीलाई खबर गरेका थिए। शव अत्यन्त कुहिसकेको अवस्थामा रहेको र यसैले शवको पहिचान गर्न कठिनाइ भएको उनले बताए।

प्रहरीले शव परीक्षणका लागि अस्पताल पठाउने तयारी गरेको छ। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान थालेको छ।

प्रहरीका अनुसार, केही दिनअघिदेखि गाउँकी १३ वर्षीया बालिका गुल्सना खातुन हराइरहेकी छन् र उनको खोजी कार्य जारी रहेको छ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस