२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

लाजिम्पाटबाट पक्राउ परे लम्साल, के छ आरोप ?

www.janaboli.com;

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३१ घर भई बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ४० वर्षीय बिजय लम्साललाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२ लाजिम्पाटबाट पक्राउ गरेको हो।

प्रहरीले पक्राउ गरेका लम्साललाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस