२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

गणतन्त्रबारे प्रचण्डका अगाडि रास्वपाले के भन्यो?

काठमाडौं । बुधबार माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा विपक्षी दलहरूको बैठक सम्पन्न भएको थियो, जहाँ माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, रास्वपा, र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरू उपस्थित थिए।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाको शासन व्यवस्थाप्रति धारणा के हो भन्ने बारे समाजमा कुरा चलिरहेको र यसका कारण विषय प्रवेश गराउन चाहेको बताए। उनले भने, “हामी रास्वपा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध छौं,” तर केही व्यक्तिहरूमा आशंका वा जिज्ञासा रहेको भन्दै रास्वपाका नेताहरूको स्पष्टीकरण मागेका थिए।

रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्लेले आफूहरूको गणतन्त्रप्रति प्रतिवद्धता स्पष्ट पारे। वाग्लेले भने, “हामी जलेश्वर बैठकमा हाम्रो धारणा सार्वजनिक गरिसकेका छौं र यसमा शंका गर्नुपर्ने कुनै कारण छैन।” अर्यालले पनि गणतन्त्रको विकल्प नरहेको र शासन व्यवस्थाप्रति प्रश्न उठाउनु व्यवस्थाको विरोध गर्नु नसम्झिने कुरा रहेको बताए।

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेसपा अध्यक्ष महिन्द्र राय यादव, माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव शक्ति बस्नेत, प्रमुख सचेतक हितराज पाण्डे लगायतका नेताहरू उपस्थित थिए।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस