२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

समाजवादी मोर्चाको बैठक जारी, अजेन्डामा कुलमानदेखि १५ गतेको प्रदर्शनसम्म

काठमाडौं। नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरू भएको छ। बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र नेपाल समाजवादी पार्टीका प्रतिनिधिहरू सहभागी छन्।

बैठकमा राजावादी शक्तिहरूको गतिविधि र चैत्र १५ गतेको प्रदर्शनको तयारीबारे छलफल भइरहेको छ। यसका साथै, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगीपछि विपक्षी दलहरूको विरोधका कारण आज प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक स्थगित भएका छन्।

समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र नेपाल समाजवादी पार्टी आवद्ध छन्।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस