२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

स्वयम्भूबाट रंगेहात पक्राउ परे नुवाकोटका दिपेश

काठमाडौं । प्रहरीले मंगलबार राति ४१ वर्षीय दिपेश लाल चित्रकारलाई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नुवाकोट विदुर नगरपालिका-५ घर भई काठमाडौंको स्वयम्भू आनन्दकुटी क्षेत्रबाट विभिन्न सुन जस्तो देखिने धातुका गहना सहित पक्राउ गरेको छ।

प्रहरीलाई सूचना प्राप्त भएको थियो कि एक व्यक्तिले सुनका गरगहनाहरू बिक्री गर्न जान लागेको छ। त्यसपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई पोते सहितको माला १८ थान, क्रिस्टल माला १३ थान, टप ३ जोडी, तिलहरी १ थान लगायतका विभिन्न गहना फेला पारेर पक्राउ गरेको हो।

दिपेशलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ। प्रहरीले घटनासँग सम्बन्धित थप जानकारी प्राप्त गर्न अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस