२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

पुतलीबजारमा १३ वर्षीया बालिकामाथि करणी, २४ वर्षीय सुन्दर गौतम पक्राउ

काठमाडौं । स्याङ्जाको पुतलीबजार नगरपालिका-७ मा बस्ने २४ वर्षीय सुन्दर गौतमलाई एक १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। उनलाई मंगलबार (चैत १२ गते) पक्राउ गरिएको हो।

प्राप्त जानकारी अनुसार, सुन्दरले गत शनिबार ती बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी जिल्ला प्रहरी कार्यालय स्याङ्जामा परेको थियो। उक्त उजुरीको आधारमा प्रहरी टोली खटिई उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

हाल अभियुक्त गौतम उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट म्याद थपको अनुमति लिइएको छ। प्रहरीले यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस