२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

सम्पर्कबिहीन चन्द्रागिरीका सुवास सुकेधाराबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-६ घर भएका ४१ वर्षीय सुवास थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

सुवासले एक पीडितसँग युएई पठाइदिन्छु भन्दै १ लाख २० हजार रूपैयाँ लिएको र त्यसपछि सम्पर्कबिहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो।

सुवासलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ। प्रहरीले घटनासँग सम्बन्धित थप जानकारी सङ्कलन गर्न अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस