२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

कर्मचारीलाई तलब दिन बालेनलाई सात दिने ‘अल्टिमेटम’

१४ चैत्र, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई कर्मचारीलाई तलब दिन सात दिने ‘अल्टिमेटम’ दिइएको छ । आज स्थानीय तह कर्मचारी संघले कर्मचारीहरूलाई तलब दिन सात दिनको अल्टिमेटम दिएको हो । संघका अध्यक्ष नारायणप्रसाद शर्माले विज्ञप्ति जारी गर्दै एक हप्ताभित्र कर्मचारीलाई तलब नदिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । आन्दोलनबाट सिर्जित परिणामको जिम्मेवार महानगर नै हुनुपर्ने संघको चेतावनी छ ।

‘सम्बन्धित पक्षसँग समन्वयात्मक तवरले समस्याको निकासका लागि पहल गनुपर्नेमा झनै समस्या लम्ब्याउने तवरले सामाजिक सञ्जालको माध्यमबाट उच्छृंखल, अवाञ्छित एवं उत्तेजित शब्दावली प्रयोग गरी थप समस्याको सिर्जना गर्न उद्धत देखिनुले समस्या हल गर्नतर्फ होइन, आ–आफ्नो दम्भ प्रदर्शन गर्नतर्फ अग्रसर देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारीहरूले तीन महिनादेखि तलब पाएका छैनन् । अरू प्रशासनिक काम पनि ठप्प छन् ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस