काठमाडौं । डोनाल्ड ट्रम्पले पुनः राष्ट्रपति बनेपछि उनकी प्रशासनले अवैध आप्रवासीहरूमाथि कडा कारबाही गर्दै विदेशीहरूलाई डिपोर्ट गरिरहेको छ।
यसै क्रममा, ३५ वर्षदेखि अमेरिकामा बस्दै आएका कोलम्बियाली दम्पती ग्लेडिस गोन्जालेज (५५) र नेल्सन गोन्जालेज (५९) लाई देश निकाला गरिएको छ। उनीहरूका अमेरिकी नागरिक छोराछोरीलाई भने अमेरिकामै छोडिएको छ।
गत फेब्रुअरी २१ मा नियमित अनुसन्धानका लागि आप्रवासन कार्यालय पुगेका उनीहरूलाई तीन हप्ता हिरासतमा राखेर मार्च १८ मा कोलम्बिया पठाइएको हो। चार दशकदेखि अमेरिका बस्दै आएका आमाबाबु अचानक देश निकाला हुँदा परिवार स्तब्ध भएको छ। राष्ट्रपति ट्रम्पको नीतिअन्तर्गत हजारौँ आप्रवासीहरू डिपोर्ट भइसकेका छन्।
प्रकाशित मिति : २०८१ चैत्र १३ गते बिहिवार

