२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

पूर्वराजा वीरेन्द्रका विश्वासपात्र पनि अस्ताए, रहेनन् सबैको मनमा राज गर्ने डाक्टर

काठमाडौं । वरिष्ठ चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको छ। त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालका संरक्षक डा. श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज कुपण्डोल स्थित निवासमा राखिने र शुक्रबार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ।

डा. श्रेष्ठले आफ्नो करियरमा धेरै साधारण नागरिकलाई उपचार गरेकै छैन, उनले राजपरिवारका सदस्यहरूलाई पनि चिकित्सकीय सेवा प्रदान गरेका थिए। उनी तत्कालीन राजा वीरेन्द्र र बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहका व्यक्तिगत चिकित्सकका रूपमा पनि ख्याति प्राप्त थिए।

उनको निधनले नेपालको चिकित्सा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै डा. श्रेष्ठको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ र उनलाई एक इमानदार, लगनशील, र अत्यन्तै सक्षम चिकित्सकको रूपमा सम्झिएको छ।

उनको योगदानले चिकित्सा क्षेत्रमा एक अमिट छाप छोडेको छ, र उनका योगदानलाई भविष्यले कहिल्यै भुल्ने छैन।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस