काठमाडौं । सल्यान, बागचौर नगरपालिका–७ टाट्केका ७० वर्षीय टिकाराम वलीको राष्ट्रिय परिचयपत्र बनाउन गएका बेला सीडीओ कार्यालय परिसरमै लडेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहीबार बिहान ११ बजेतिर वली जिल्ला प्रशासन कार्यालय पुगेका थिए। गेट नजिकै लडेर गम्भीर घाइते भएका वलीको टाउकोमा चोट लागेको थियो। उनलाई तुरुन्तै उपचारको लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो, जहाँ उपचारकै क्रममा दिउँसो वलीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८१ चैत्र १३ गते बिहिवार

