काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौंमा हुन लागेको राजावादी प्रदर्शनबारे स्पष्टीकरण दिँदै आफू आयोजक नभए पनि पूर्ण समर्थन रहने जनाएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यो प्रदर्शन स्वतःस्फूर्त भएको बताउँदै पार्टीको सहयोग रहने बताएका छन्। साथै, पार्टीले आफ्नै आयोजनामा चैत २६ गते काठमाडौंमा ठूलो प्रदर्शन गर्ने घोषणा गरेको छ।
यसैबीच, राप्रपाले एक विज्ञप्ति जारी गर्दै भोलिको प्रदर्शनमा नेता–कार्यकर्तालाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बिहिवार

