रुपन्देही। प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) खिम बहादुर खड्का घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलको टोलीले बिहीबार उनलाई ३० हजार रुपैयाँ घुस लिँदै गर्दा नियन्त्रणमा लिएको हो।
खड्काले भारतबाट भन्सार छली घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग घुस लिएको उजुरी परेको थियो। सोही आधारमा अख्तियारको टोलीले मायादेवी गाउँपालिका-६ बाट उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार

