काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीबीच कामको आधारमा नभइ प्रचारबाजीको प्रतिस्पर्धा चलिरहेको बताएको छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कर्मचारीहरूले कानूनभन्दा माथि बसेर आफूलाई स्थापित गर्नको लागि होडबाजी गरिरहेको उल्लेख गरेका छन्।
मन्त्री खड्का भन्छन्, ‘प्रचारबाजी र मिडियाबाजी गरेर होइन, काम गरेर आफूलाई स्थापित गर्न कर्मचारीहरूले प्रतिष्पर्धा गर्नुपर्छ।’ उनले चेतावनी दिएका छन् कि यदि कर्मचारीहरूले कानून र संविधानको उल्लङ्घन गर्दै आफूलाई स्थापित गर्न खोजे भने सरकारले त्यसलाई रोक्नको लागि कदम चाल्नेछ।
यो आरोप नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गरिएको हो, जसलाई हालै सरकारको निर्णय अनुसार पदबाट हटाइएको थियो।
अन्त्यमा मन्त्री खड्काले कर्मचारीलाई मर्यादा र अनुशासनभित्रै रहेर काम गर्न आग्रह गरेका छन्।

