२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

कुलमान बर्खास्त भएपछि बढ्दो जनआक्रोश, ऊर्जामन्त्री खड्काको सुरक्षा बढाइयो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सोमबार बर्खास्त गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको सुरक्षा कडा बनाइएको छ।

सुरक्षा कारणले, सरकारले खड्काका लागि थप सुरक्षाकर्मी तैनाथ गरेको हो। जनआक्रोश बढेपछि मन्त्री खड्काका लागि अगुवा गाडीसहित थप सुरक्षाकर्मी खटाइएको छ।

बिहीबार मन्त्री खड्का नयाँ बानेश्वरस्थित संसद् भवनमा कडा सुरक्षा घेरामा थिए। सञ्चारकर्मीले सोध्दा उनले भने, “कुलमानभन्दा राम्रो मान्छे राख्या छौँ।”

सरकारको निर्णयपछि विरोध बढेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री खड्काको पुत्लासमेत जलाइएको छ, र प्राधिकरणको कार्यालय, रत्नपार्क र माइतीघरमा सरकारविरुद्ध प्रदर्शन भएका छन्।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस