२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

शुक्रबार सुनले बनायो नयाँ रेकर्ड

काठमाडौँ । एक हप्ता भित्र सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो। अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २०० रुपैयाँमा पुगेको छ।

यो मूल्य हालसम्मकै उच्च मूल्य हो। यसअघि चैत ७ गते १ लाख ७६ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि २० रुपैयाँको वृद्धि देखिएको छ। अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस