२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

क्यानडाका प्रधानमन्त्रीले किन अमेरिकासँगको सम्बन्ध सकियो भने ?

काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो कर निर्णयसँग सम्बन्धित क्यानडाको अमेरिकी नीति नयाँ मोडमा जान थालेको बताएका छन्। ओटावामा भएको मन्त्रिपरिषद् बैठकपछि कार्नीले क्यानडाको अमेरिकासँगको पुरानो सम्बन्ध अब समाप्त भएको बताएका छन्, जुन मुख्यत: आर्थिक एकीकरण र सुरक्षा-सैन्य सहयोगमा आधारित थियो।

उनले भने, ‘ट्रम्पको नयाँ कर निर्णयले क्यानडियालीहरूलाई आफ्नो अर्थतन्त्रको पुनः मूल्यांकन गर्न बाध्य पार्नेछ।’ क्यानडाले अब अमेरिकामा प्रतिशोधात्मक कर लगाउने योजना बनाएको पनि उनले जनाए, जसको प्रभाव अमेरिकामा ‘अधिकतम’ पर्नेछ।

ट्रम्पले बुधबार २५ प्रतिशत आयातित सवारी साधन र सवारी साधनका पार्टपुर्जा माथि कर लगाउने घोषणा गरे। यससँगै १९६५ को अटोमोटिभ उत्पादन सम्झौता समाप्त भएको छ, जसलाई कार्नीले अहिलेसम्मको सबैभन्दा महत्त्वपूर्ण सम्झौता मान्नुभएको थियो।

यद्यपि, ट्रम्पको कार्यालयबाट फोन वार्ता प्रस्ताव भएको र चाँडै क्यानडा र अमेरिकाका नेताहरू बीच वार्ता हुन सक्ने आशा व्यक्त गरिएको छ। क्यानडामा आगामी महिनामा आम चुनाव हुने कारण यो विषय थप महत्त्वपूर्ण बनिरहेको छ।

क्यानडाका प्रधानमन्त्रीको यो कदमले अमेरिकी-क्यानडा सम्बन्धमा नयाँ अध्याय खोल्ने संकेत गरेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस