काठमाडौं । समिट एयरको जहाज, जुन आज शुक्रबार बिहान ८ः४५ बजे रामेछापबाट लुक्ला जानका लागि उडेको थियो, प्राविधिक समस्याका कारण पुनः रामेछापको मन्थली विमानस्थलमा अवतरण गरेको छ। उडानको केही समयमै जहाजका इन्डिकेटरमा समस्या देखा परेको थियो, जसका कारण जहाजलाई फिर्ता ल्याइएको हो।
त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार यो सामान्य प्राविधिक समस्या रहेको बताइएको छ। उनले भने, ‘जहाज रामेछापमै अवतरण गरी पार्किङ बेमा पुगेको छ। अब प्राविधिक जाँचपछि मात्र जहाज उडाउन मिल्ने वा नमिल्ने थाहा हुनेछ।’
समिट एयरको १८ सिट क्षमतायुक्त ‘एलईटी४१०’ सिरिजको जहाज अहिले मन्थली विमानस्थलमा पार्क गरिएको छ।
प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार

