२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

अब एकछिनपछि गृह मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं । काठमाडौंको तीनकुनेमा पूर्वराजाका समर्थकहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि गृह मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेको छ । साँझ ६ बजे पत्रकार सम्मेलन आयोजना गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।

तीनकुनेमा शुक्रवार मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले प्रदर्शन गरेका हुन् । प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको छ । सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । च्यासल र बालकुमारीमा आन्दोलनकारीले ५ वटा गाडीमा आगजनी गरेका छन् ।

पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस