२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

२५ टन तेल छ, तत्काल आगो नियन्त्रणमा नलिए जडीबुटी क्षेत्र ध्वस्त हुनसक्छ : महाप्रबन्धक

काठमाडौं । कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा राजावादीले लगाएको आगजनी अझै नियन्त्रणमा आएको छैन ।

कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार कार्यालयको मुख्य भवनमा आगजनी भएको छ । त्यससँगै जोडिएको भवनमा ‘सञ्चो’ उत्पादन हुने गर्छ । स्टोरमा प्रायः गरी प्रज्जवनशील पदार्थहरू रहेकाले त्यहाँ आगो लाग्यो भने ठूलो विस्फोट हुने यादवले जानकारी दिइन् ।

‘उक्त भवनमा २५ टन तेल छ । आगो सल्किएमा जडीबुटी क्षेत्रको ध्वस्त हुनसक्छ’, यादवले भनिन्, ‘आगो निभाउन कतैबाट पनि अहिलेसम्म पहल भएको छैन ।’

दुर्गा प्रसाईं नेतृत्वको भएको आन्दोलनकारीले पार्किङमा रहेका आधा दर्जन गाडी जलाएका छन् । ‘हामी अफिसका कर्मचारीभित्र बसेर काम गरिहेका थियौं । अचानक बाहिरबाट ढुंगामुढा गर्न थाले’, यादवले भनिन्, ‘भवनको सिसा फुटाउन थालेपछि ज्यान जोगाउन पछाडिको बाटो भएर भाग्यौं ।’

प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस